दफा १८
भलाईका लागि मञ्जुरी नलिई गरेको काम कसूर नहुने
कुनै व्यक्तिको भलाईका लागि तत्काल कुनै काम नगरी नहुने भएको, त्यस्तो व्यक्ति कुनै कारणले त्यस्तो काम गर्नदिनको लागि तत्काल आफै मञ्जुरी दिन नसक्ने अवस्थामा रहेको र निजको तर्फबाट मञ्जुरी दिन सक्ने संरक्षक पनि तत्कालउपलब्ध नभएको अवस्थामा निजको भलाईका लागि मञ्जुरी नलिएर पनि असल नियतले होसियारी साथ त्यस्तो काम गर्दा निजलाईकुनै क्षति वा हानि, नोक्सानी पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन ।स्पष्टीकरण: दफा १६, १७ र यस दफाको प्रयोजनका लागि “भलाई” भन्नालेः
(क) आर्थिक रुपमा प्राप्त लाभलाई जनाउने छैन,
(ख) ज्यान लिने वा मनासिब कारण विना अङ्गभङ्ग गर्ने नियतले गरेको कामलाई जनाउने छैन ।